काठमाडौं । नेपाल गल्फ संघले आसन्न १९औं एसियाली खेलकुदका लागि भारतका तरूण सरदेसाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच भएको सम्झौतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले स्वीकृत गरेको हो ।
सरदेसाईले प्रशिक्षण गरेबापत कुनै शुल्क नलिने गरी सम्झौता भएको गल्फ संघले जानकारी दिएको छ । सम्झौताअनुसार असोज ६ देखि २१ सम्म चीनको होङझोउमा हुने एसियाली खेलकुदसम्म सरदेसाईले चार पुरुष र दुई महिला खेलाडी रहेको नेपाल गल्फ टिमलाई प्रशिक्षण दिनेछन् ।
नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend