काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजारको बजेट ल्याएको छ । १३ औँ नगरसभामार्फत आइतबार नगर उपप्रमुख नीलकण्ठ खनालले उक्त बजेट पेश गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार बराबरको बजेट ल्याएको थियो । उपप्रमुख खनालले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार र चालुतर्फ १ अर्ब २५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, वित्तीय सामानीकरण अनुदानबाट २२ करोड ८९ लाख, संघीय राजस्व बाँडफाँडबाट १७ करोड ९६ लाख, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान २ करोड ९३ लाख, सशर्त अनुदान ३१ करोड २९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै नगरपालिकाको आन्तरिक आय ४० करोड ४३ लाख, खर्च नभएको मौज्दात रकम ५ करोड र सामाजिक सुरक्षा अनुदान ४० करोड रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।
उपप्रमुख खनालले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा वडा कार्यालय सञ्चालनका लागि १९ करोड ३८ लाख विनियोजन गरिएको बताए ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend