Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित


    शनिबार, असार ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनीहरुलाई निष्कासन गरेको हो ।

    कारबाहीमा पर्नेमा केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैता रहेका छन् ।

    उनीहरूलाई पार्टी सदस्यबाट समेत निष्कासन गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यससँगै जसपा केन्द्रीय समिति बैठकले समाजवादी मोर्चालाई अनुमोदन गरेको छ । बैठकले विधानको मस्यौदालाई पनि अनुमोदन गरेको बस्नेतले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार