Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सन्दीपले दिलाए नेपाललाई दोस्रो विकेट


    शनिबार, असार ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । १६८ रनको लक्ष्य पच्छ्याइरहेको नेदरल्यण्ड्सले १४ ओभर ५ बलमा ९६ रन जोड्दा सन्दीपले दोस्रो विकेट लिएका हुन् ।

    उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् । त्यसअघि पहिलो विकेट पनि सन्दीपले नै लिएका थिए । सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराएका थिए ।

    एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३५ ओभरमा ७१ रन आवश्यक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार