Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठक आज, कुलमान र वामदेवबारे निर्णय हुनसक्ने


    सोमबार, भाद्र २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने अवस्था भएकाले यो बैठकलाई चासोका साथ हेरिएको छ । 

    सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरु, वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने लगायतका काम रहेकाले पनि यो बैठकलाई चासोका साथ हेरिएको हो । बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्दैछ ।

    शुक्रबारको मन्त्रिपरिषद् ब‌ैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश नै नपाएपछि चौतर्फी आश्चर्य व्यक्त भएको थियो । कुलमानको कार्यकाल आइतबार सकिएको छ । यस्तै अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेको पदावधि पनि सकिइसकेको छ । 

    यस्तैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरिसकेको छ । सो निर्णय कार्यान्वयनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गर्दै आएका छन् । आजको बैठकमा यी विषयहरुमा निर्णय हुनसक्ने आँकलन गरिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार