Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारमा प्रमुखसहित तीन आयुक्त खाली, को को छन् चर्चामा ?


    सोमबार, भाद्र २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद रिक्त भएको छ । नवीन घिमिरे ६५ बर्ष उमेर हदका कारण ६ बर्ष कार्यकाल ब्यतित गर्नुभन्दा ७ महिनाअघि नै २०७७ भदौ २८ मा बिदा भएपपछि प्रमुख आयुक्त पदरिक्त भएको हो । बरिष्ठताका आधारमा आयुक्त गणेशराज जोशीले कार्यवाहक प्रमुख आयुक्तको पद सम्हाल्नेछन् । प्रमुख आयुक्तसहित ३ आयुक्त रिक्त भएपछि आयोगमा जोशीसहित आयुक्त सावित्री थापा गुरुङमात्र बहाल छन् ।

    अख्तियारको प्रमुख आयुक्तमा  प्रधानमन्त्री केपी शर्मा ओली पूर्वगृहसचिव प्रेमकुमार राईलाई नै नियुक्त गर्ने पक्षमा दृढ छन् । २०७६ माघमा अवकाश भएका राईलाई प्रमुख आयुक्त बनाउनका लागि आयुक्त नियुक्ति गर्न खोजिरहेको बेलामा फागुनदेखि नेकपाभित्र रणसंग्राम मच्चिंदैआयो । फलतः संवैधानिक परिषदको बैठक नै ओलीले राख्न सकेनन् । संवैधानिक परिषदमा बहुमतले निर्णय गर्नेगरी ल्याएको अध्यादेश पनि पार्टीको बिरोधका कारण फिर्ता लिन उनी बाध्य भए । बल्लतल्ल स्थायी समितिको बैठकपछि विवाद समाधान भएपछि अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति प्रक्रियाका लागि बाटो खुलेको छ ।

    प्रधानमन्त्री प्रेम राईलाई नियुक्त गर्ने पक्षमा छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि राईको पक्षमा पछिल्लो समयमा सकारात्मक नै छन् । सुरुमा राईको बिपक्षमा रहेका उनीहरु पछिल्लो समयमा उनको नाममा आपत्ति जनाउने पक्षमा छैनन् । तर नेकपाका महासचिव बिष्णु पौडेल राईसँग रुष्ट छन् । कतिपयले नेकपाका बरिष्ठ नेता माधव नेपाल पनि राईसँग नकारात्मक रहेको हल्ला चलाएका छन् ।

     ललिता निवास जग्गा प्रकरण राईकै कारण बाहिर आएको र  त्यसमा आफ्नो बदनाम भएकाले पनि महासचिव पौडेल उनलाई होइन, मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रमुख आयुक्त बनाउने पक्षमा छन् । मुख्यसचिवकै क्षमता देखाउन अक्षम रेग्मीलाई बनाएर आफूअनुकूल अख्तियार चलाउन पौडेलमात्र होइन, अरु केही नेतासमेत लागेका छन् । केही बीचौलिया पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई प्रमुख आयुक्त बनाउन लबिङ गरिरहेका छन् । यद्यपि क्षेत्रीले ६ बर्ष कार्यकाल पूरा ब्यतित गर्न पाउने संभावना छैन । राई, रेग्मी र क्षेत्री जो भए पनि ७ महिनापछि मात्र प्रमुख आयक्त हुनेछन् । हाल उनीहरु आयुक्तमात्र नियुक्त हुने संभावना छ । किनकि आयुक्त गणेशराज जोशी बरिष्ठताका आधारमा आगामी ७ महिना प्रमुख आयुक्त हुनेछन् । यदि उनलाई प्रमुख आयुक्त नबनाई अर्कैलाई बनाएमा उनले राजीनामा दिने आयोगका उनी निकट स्रोत बताउँछ ।

    घिमिरेको बिदाइपछि अख्तियारमा प्रमुख आयुक्तसहित तीन आयुक्त पद खाली भएको छ । तीन आयुक्तमा नेकपाले दुई र कांग्रेसको भागमा एक पर्ने संभावना छ । पार्टीभित्र विवाद हुँदा देउवालाई एक आयुक्त दिने आश्वासन दिएका प्रधानमन्त्री ओलीले अब पूर्वआश्वासन पालना गरेमात्र कांग्रेसले पाउनेछ । एक आयुक्तमा प्रधानन्यायाधीश चोेलेन्द्रशमशेर राणाले पनि दाबी गरेका छन् । संवैधानिक परिषदमा प्रधानन्यायाधीश पनि सदस्य हुने भएकाले एउटा भाग उनले पनि खोजेका छन् । राणाले आफने भागमा पोखरा उच्च अदालतका मुख्य न्यायाधीश किशोर सिलवाललाई ल्याउने चाहना राखेको स्रोतले बताएको छ ।

    एक आयुक्तका लागि कांग्रेसमा मारामार

    अख्तियारको एउटा आयुक्त पद प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको सिफारिस अनुसार नियुक्त गर्ने बचन प्रधानमन्त्री ओलीले दिएपछि उनी त्यसका लागि कुस्त सहयोग गर्नेको खोजीमा जुटेका छन् । त्यसका लागि आइजीपी नियुक्त हुन नसकेका पूर्वएआइजी जयबहादुर चन्दको नाम देउवाले ल्याए । सांसद नवराज सिलवालको आग्रहमा ओलीले चन्दबाहेक अर्को उम्मेदवार खोज्न सल्लाह दिए । गोपालमान श्रेष्ठ, अर्जुन जोशीसहितको एक तप्काले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलीप रेग्मीको नाम देउवालाई बुझाए । तर ओलीले नै अक्षम भनेर ३ बर्षे कार्यकाल लगाएर हटाएका रेग्मीको नाम पनि उनले रुचाएनन् । त्यसपछि तेस्रो उृम्मेदवारका रुपमा राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका शिवनाथ पाण्डेको नाम गोपालमान श्रेष्ठहरुले मोर्चामा उतारे ।

    धेरै ब्यापारीको एकाउन्टको डिटेल बिशाल ग्रुपलाई उपलब्ध गराएबापत त्यस ग्रुपको सीईओ भएका पाण्डेलाई मैदानमा उतारिएको थियो । पाण्डेले ब्यापारीको स्वार्थमा काम गर्ने सूचना पाएपछि उनको नाम पनि रिेजेक्ट भयो । त्यसपछि निर्वाचन आयोगबाट अवकाश पाएका सचिव मधु रेग्मीलाई मेडिकल माफिया खुमा अर्यालले गोपालमान श्रेष्ठमार्फत् नै देउवाकोमा आयुक्त बनाउन लगे । रेग्मीलाई बनाउन कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि भूमिब्यवस्था मन्त्री पदमा अर्यालले समेत साथ दिने बचनबद्धता पाएको कुरा देउवालाई सुनाए ।

    त्यस्तै २ नम्बर प्रदेशका कांग्रेसका केन्द्र्रीय सदस्यहरुले अधिवक्ता समेत रहेका बाराका महासमिति सदस्य तथा अरुणकुमार ज्ञवालीलाई अख्तियारको आयुक्त बनाउनुपर्ने लबिङ गरे । २ नम्बर प्रदेशले संवैधानिक नियुक्तिमा अवसर नपाएकाले पनि अख्तियारको आयुक्त ज्ञवालीको नाम अगाडि सारेका छन् । देउवाका अगाडि २ नम्बर प्रदेशलाई चिढ्याउँदा महाधिवेशनमा नोक्सान हुने चिन्ता छ भने अर्कोतिर रामचन्द्र पौडेललाई सन्तुलनमा राख्न मधु रेग्मीलाई पनि हुन्न भन्न सकिरहेका छैनन् । आजको साँघु साप्ताहिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार