काठमाडौँ। अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक इलन मस्कसँग पनि भेट गरेका छन्। सो भेटमा मोदीसँग मस्कले भारतमा टेस्लाको प्लान्ट स्थापना गर्ने योजनाबारे छलफल गरेका थिए।
त्यसक्रकमा इलन मस्कले आफू मोदीको फ्यान भएको बताएका थिए।
‘मलाई मोदी असाध्यै मन पर्छ। यो भेट असाध्यै राम्रो भयो। मोदी हाम्रो फ्याक्ट्रीमा केही वर्षअघि आएका थिए,’मस्कले भने ‘म भारतको भविष्यलाई लिएर असाध्यै उत्साहित छु।’
सन् २०१५ मा मोदीले क्यालिफोर्नियास्थित टेस्ला मोटर्सको फ्याक्ट्री घुमेका थिए। मस्कले भने,‘टेस्ला भारतमा स्थापित हुने कुरामा म ढुक्क छु र यो जतिसक्दो चाँडै हुनेछ।’
इलन मस्कसँगको भेटलाई भारतीय प्रधानमन्त्री मोदीले समेत ट्वीट गरेका छन्।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend