Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • इलन मस्क भन्छन्- म मोदीको फ्यान हुँ


    बुधबार, असार ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक इलन मस्कसँग पनि भेट गरेका छन्। सो भेटमा मोदीसँग मस्कले भारतमा टेस्लाको प्लान्ट स्थापना गर्ने योजनाबारे छलफल गरेका थिए।

    त्यसक्रकमा इलन मस्कले आफू मोदीको फ्यान भएको बताएका थिए।

    ‘मलाई मोदी असाध्यै मन पर्छ। यो भेट असाध्यै राम्रो भयो। मोदी हाम्रो फ्याक्ट्रीमा केही वर्षअघि आएका थिए,’मस्कले भने ‘म भारतको भविष्यलाई लिएर असाध्यै उत्साहित छु।’

    सन् २०१५ मा मोदीले क्यालिफोर्नियास्थित टेस्ला मोटर्सको फ्याक्ट्री घुमेका थिए। मस्कले भने,‘टेस्ला भारतमा स्थापित हुने कुरामा म ढुक्क छु र यो जतिसक्दो चाँडै हुनेछ।’

    इलन मस्कसँगको भेटलाई भारतीय प्रधानमन्त्री मोदीले समेत ट्‍वीट गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार