Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हतारमा पार्टी एकता गर्दा नेकपा टिकेन : प्रचण्ड


    सोमबार, असार ४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन् । आज समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    उनले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् । तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनको भनाइ छ । अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न समेत प्रचण्डले आह्वान गरेका छन् ।

    उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार