Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चा राजनीतिको नयाँ मोड : विप्लव


    सोमबार, असार ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन् । आज काठमाडौंमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा गरिएको जिकिर गरे ।

    उनले भने, ‘हाम्रा जनतामाथि अत्याचार मच्चिरहेको छ । नागरिकमा छटपटी छ । युवा शक्ति, निराशा र आशाको दोधारमा छ । अग्रगमन र पश्चगमनको लडाईंमा नेपाल उभिरहेको छ ।’

    अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको उनले बताए ।

    .

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार