Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा छिर्न लाग्यो भनेर ममाथि दुष्प्रचार गरियो : महासचिव विप्लव


    शुक्रबार, भाद्र १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् । समाजवादी मोर्चाको सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताए । महासचिव विप्लवले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए ।

    उनले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरीत अन्तर्राष्ट्रियकरण सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार