काठमाडौं । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक प्रहार गरेका छन् । भुर्तेल टेष्ट राष्ट्र विरुद्ध पहिलो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बन्न सफल भएका छन् ।
हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका हानेका छन् ।
२० औं ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिंगल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको छैटौं अर्धशतक हो ।
व्यक्तिगत एक रन बनाउँदा चौथो ओभरमै जिवनदान पाएका कुशलले त्यसपछि आक्रमक ब्याटिङ गरे । जिम्बाव्वेका सिकन्दरा राजाले भुर्तेललाई फस्ट स्लिपमा ड्रप गरेका थिए ।
उनको अर्धशतक मद्दमा नेपालले २० ओभरको खेल सकिँदा बिना क्षति ८४ रन बनाएको छ ।
अर्का ओपनर आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।
नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend