Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेट चार यारहरूले लुटेको जस्तो देखिन्छ: सीके राउत


    शुक्रबार, असार १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ।जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले आर्थिक वर्ष २०८०/८१ को बजेट लुटिएको टिप्पणी गरेका छन् ।

    आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको टिप्पणी गरेका हुन् ।

    सरकारले लुट्ने क्रम जारी रहेको उनको भनाइ छ । ‘यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मतपेटिका लुटे ।

    जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्तिको क्रमिक रूपमा जारी नै छ,’ राउतले भने ।

    बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागवण्डा गरेको राउतको भनाइ छ ।

    कार्यान्वयन नहुने गरेको पनि राउतले बताए । एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरूको निरीहता भएको राउतको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार