Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको घोषणा


    शुक्रबार, असार १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ।

    आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो।

    उक्त बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए।

    उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार