Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • कोशी प्रदेश सरकार: अध्यादेशबाट बजेट ल्याउँदै


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन बुधवार राती अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

    आजै (बिहीबार)अध्यादेशबाट बजेट आउने कोशी प्रदेश सरकारले जनाएको छ । अघिल्लो दिन बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका थिए ।

    कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधवार प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

    सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

    नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा छ।

    अल्पमतको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पारित हुने अवस्था छैन। सदनबाट पारित नहुने भएपछि अध्यादेशको बाटोबाट सरकारले बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

    बुधवारको प्रदेशसभामा प्रतिपक्ष दलले अल्पमतको सरकारले ल्याएको बजेट मान्य नहुने भन्दै पास नहुने बताएका थिए। त्यसको प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अध्यादेशबाट भएपनि आजै बजेट आउने बताए ।

    बहुमत सांसद नपुग्ने भएपछि सरकारले अध्यादेशको बाटो रोजेको एमालेका सांसदले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार