काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गरेका छन् । पार्टी निकट पत्रकार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति हुने होकी भन्ने जिज्ञाशामा उनले भने, ‘कतै सत्तारुढ दल सरकार टिकाइ राख्नका लागि भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ । हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौ । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नांगिदैँ गएको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend