Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपचार गर्न सिंगापुर पुगे देउवा


    बुधबार, जेष्ठ ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

    श्रीमती आरजु राणा भने सोमबार नै सिंगापुर पुगेको उनको सचिवालयले बताएको छ । सिंगापुरमा पूर्व तयारीका लागि श्रीमती राणा पहिला नै पुगेकी बताइएको छ ।

    देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परे पछि उनी तीन वर्ष अघि पनि सिंगापुर गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार