Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेकपा बैठकमा लिलामणि पोखरेलको ‘नोट अफ डिसेण्ट’


    शुक्रबार, भाद्र २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आजको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको १५ बुँदे प्रस्ताव पारित गर्‍यो । प्रस्तावका बुँदाहरुमा स्थायी समिति सदस्यहरुले आ-आफ्ना धारणा राखे । तर एउटा प्रस्तावमा भने ‘नोट अफ डिसेण्ट’ राखिएको छ । 

    स्थायी समिति सदस्य लिलामणि पोखरेलले सो प्रस्तावको एउटा बुँदामा ‘नोट अफ डिसेण्ट’ राखेका हुन् । उनले अध्यक्षद्वयको प्रस्तावको १५औं बुँदामा रहेको एमसीसीबारेको प्रस्तावमा लिखित असहमति जनाएका हुन् ।

    अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए । पोखरेलले त्यसको विरोध गरेका हुन् ।

    ‘एमसीसी आफैंमा विभिन्‍न उद्देश्यले आएको हो । मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसक्यो । मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी हित अनुकूल संशोधन हुन्छ त ?,’ पोखरेलले बैठकमा उठाएका थिए ।

    एमसीसी आईपीएस (इन्डो प्यासिफिक स्ट्राट्रेजी) को अंग रहेको दावी गर्दै आएका पोखरेल बैठकमा पनि त्यही कुरामा उभिएका थिए । तर यसअघि एमसीसीको विरोधमा रहेकाहरु भने बैठकमा मौन नै थिए । 

    एमसीसी नेपालको संविधान कानुन, सरकार, संसद, अदालतको मान्यताको विपरीत रहेको र संविधानभन्दा माथि रहने सम्झौताका कुराहरू रहेको भन्दै उनले असहमति जनाएको बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार