Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीलाई परिमार्जन गर्दै संसदबाट अनुमोदन गर्ने नेकपाको निर्णय


    शुक्रबार, भाद्र २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ। तर सो परियोजनालाई परिमार्जन गर्नुपर्ने शर्त समेत रहेको छ ।  

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। ‘एमसीसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ’, उनले बैठकपछि भने ‘यसबारे छिट्टै निर्णय हुनेछ।

    तर के संशोधन र परिमार्जन गर्ने भन्‍नेबारेमा पार्टीमा अझै छलफल हुने भनाइ छ । यसअघि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले दिएको सुझावसहितको प्रतिवेदनलाई ध्यानमा दिएर एमसीसीबारे निर्णय लिइने पनि उनले बताए। 

    ‘पार्टीले यसबारेमा छिट्टै निचोड निकाल्ने छ’, उनले भने, ‘वरिष्ठ नेता झलनाथ खनाल कार्यदलको प्रतिवेदनलाई पनि ध्यान दिँदै एमसिसीमा संशोधन र परिमार्जन गरिने बुँदा तय हुनेछ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार