एजेन्सी। इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको हो। बर्लुस्कोनी तीनपटक इटलीका प्रधानमन्त्री बनेका थिए । सन् १९९४ देखि २०११ को समयमा उनी तीन कार्यकाल प्रधानमन्त्री पदमा आसिन थिए ।
उनी एक सफल व्यवसायी पनि थिए । सन् १९९३ मा उनले खडा गरेको पार्टी फोर्जा इटालिया अहिले सत्ता गठबन्धनमा सामेल छ ।
उनीमाथि कर छलीको आरोप पनि लागेको थियो जसले उनलाई र उनको पार्टीलाई निर्वाचनमा धक्का पनि पुगेको थियो ।
गत अप्रिलमा उनलाई ल्युकिमिया र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
त्यसपछि डिस्चार्ज भएका उनलाई ल्युकिमिया रोगकै कारण शुक्रबार मिलानको अस्पतालमा भर्ना गरिएको थियो । तर, यसपटक उनको ज्यान बचाउन नसकिएको चिकित्सकहरूले बताएका छन् ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend