काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेलटार घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ बस्ने सुनिता न्यौपाने श्रेष्ठ पक्राउ परेकी हुन् ।
उनले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिने र अमेरिका पुगेपछि Mobile Software कम्पनीमा काम लगाईदिन्छु मासिक ३ लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेकी थिइन् । न्यौपानेले पिडितबाट पटक पटक गरी ६ लाख २१ हजार रकम लिई सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले जेष्ठ २६ गते ललितपुर महानगरपालिका वडा नं. ३ पुलचोकबाट पक्राउ गरेको हो। पक्राउ परेकी न्यौपानेलाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको हो ।
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend