Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कटल्याण्डकी पूर्वमन्त्री पक्राउ


    सोमबार, जेष्ठ २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई पक्राउ परेकी छन् । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तीय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर हिजो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शङ्कास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’

    गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाइ पछि उनलाई पनि पक्राउ गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार