Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन


    आइतबार, जेष्ठ २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । टेस्ट च्याम्पियनसीपको दोस्रो संस्करण अष्ट्रेलियाले जितेको छ । ईंग्ल्यान्डको ओभल मैदानमा आयोजित फाइनल खेलमा भारतलाई २०९ रनले हराउँदै अष्ट्रेलिया उपाधि विजेता बनेको हो ।

    चौंथो इनिङमा अष्ट्रेलियाले भारतलाई जितका लागि ४४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । तीन विकेट क्षतिमा १६४ रनको अवस्थाबाट पाचौं दिनको खेल सुरु गरेको भारत २३४ रनमै अल आउट भयो ।

    स्कट बोल्यान्डले एउटै ओभरमा बिराट कोहली र रविन्द्र जडेजालाई आउट गरेपछि भारतको आशा लगभग समाप्त भएको थियो । आउट हुनुअघि कोहलीले ४९ रन जोडे । अजिन्का रहानेले केहीबेर संघर्ष गर्दै ४४ रन बनाए । भारतका तल्लो क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् ।

    अष्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट तथा स्कट बोल्यान्डले ३ विकेट लिएका थिए । मिचेल स्टार्कले २ र कप्तान प्याट कुमिन्सको खातामा एक विकेट गयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार