Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • हुम्लामा ढुंगाले लागेर एक बालकको मृत्यु


    आइतबार, जेष्ठ २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिमकोट। ढुंगा खस्दा शनिबार साँझ एक हुम्लामा एक बालकको मृत्यु भएको छ । ढुंगाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।

    ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा गएका थिए ।

    रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । ऐडीको दाहिने हात भाँचिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार