Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी, महासचिवमा रामकुमार


    आइतबार, जेष्ठ २८ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा सुवेदीले १४७ मत प्राप्त गरेका छन् ।

    अध्यक्षका प्रत्यासी भूपराज खड्काले ११९ मत प्राप्त गरेका छन् । २८ मतान्तरले सुवेदी बिजयी भएका हुन् । सुवेदी निवर्तमान बरिष्ठ उपाध्यक्ष र खड्का महासचिव थिए । अध्यक्षका तेस्रा प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरेका छन् ।

    संगठनको महासचिवमा रामकुमार एलन बिजयी भएका छन् । उनले १३९ मत पाएका छन् । महासचिवका अर्का प्रत्यासी हृदय भूसालले १३० मत पाएका छन् । खुल्ला उपाध्यक्षमा नवराज छत्कुली बिजयी भएका छन् । महिला उपाध्यक्षमा अस्मिता गिरी निर्वाचित भएकी छन् ।

    तीन उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु बिजयी भएका छन् । सचिव खुलातर्फ अनिल शाही, शिवप्रसाद ढुंगाना र पूर्णबहादुर कार्की बिजयी भएका छन् । सचिव महिलातर्फ कान्ति न्यौपाने र दलिततर्फ प्रदिप नेपाली निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएकी छन् ।

    समाजवादी प्रेस संगठनको प्रथम अधिवेशन शुक्रबारदेखि सुरु भई शनिबार नयाँ नेतृत्व चयनसँगै समापन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार