Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली महिला क्रिकेट टिमले पाकिस्तान र भारतसँग खेल्ने अवसर


    बिहिबार, जेष्ठ २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने अवसर पाएको छ ।

    प्रतियोगितामा थाइल्यान्डले नाम फिर्ता लिएपछि खेल्ने अवसर पाएको नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र घरेलु टिम हङकङ छन् ।

    प्रतियोगितामा नेपालसहित आठ टिम सहभागि छन् । सहभागी टिमलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

    प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया सहभागी छन् ।

    जेठ २९ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालले ३० गते पाकिस्तानसँग पहिलो खेल खेल्ने छ । नेपालले जेठ ३२ गते भारतसँग र असार २ गते समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्ने छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

    प्रतियोगिताको फाइनल खेल असार ६ गते हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार