काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने अवसर पाएको छ ।
प्रतियोगितामा थाइल्यान्डले नाम फिर्ता लिएपछि खेल्ने अवसर पाएको नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र घरेलु टिम हङकङ छन् ।
प्रतियोगितामा नेपालसहित आठ टिम सहभागि छन् । सहभागी टिमलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया सहभागी छन् ।
जेठ २९ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालले ३० गते पाकिस्तानसँग पहिलो खेल खेल्ने छ । नेपालले जेठ ३२ गते भारतसँग र असार २ गते समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्ने छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।
प्रतियोगिताको फाइनल खेल असार ६ गते हुने छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend