Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिनीट्रकको ठक्करबाट साँगामा पैदलयात्रीको ज्यान गयो


    बुधबार, जेष्ठ २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रे। बनेपा नगरपालिका वडा नम्बर–१३, स्थित साँगामा मिनीट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।

    मंगलबार राति करिब ८ बजेतिर काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख४२९४ नम्बरको गाडीले सडकछेउमा हिँडिरहेका तेमाल–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

    उक्त दुर्घटनामा घाइते भएका तामाङलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।

    दुर्घटनामा संलग्न सवारी चालक र सवारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार