Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु


    मंगलबार, जेष्ठ २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको ज्यान गएको छ।

    आज दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१ कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए।

    कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए ।

    सोमवार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुखनजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए।

    दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार