काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसंगै ट्रेजरी बिल्सको ब्याजदर ८ प्रतिशतमा झरेको छ । निक्षेप वृद्धि भए पनि ऋण प्रवाह नहुँदा बैंकहरूले अल्पकालीन सरकारी ऋणपत्रमा ब्याजदर घटाएर लगानी गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले सोमवार ५ करोड बराबरको नयाँ तथा २५ अर्ब ८७ करोड ५० लाखको नवीकरण गरी ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये सबै ट्रेजरीको ब्याजदर ९ प्रतिशतभन्दा कममा झरेको छ । २८ दिन अवधिको ८ अर्बको ट्रेजरीको औसत ब्याजदर ७ दशमलव ३५ प्रतिशत कायम भएको छ । गत साता यसको ब्याजदर ७ दशमलव ५४ प्रतिशत थियो ।
यस्तै ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरीमा ८ दशमलव ६८ प्रतिशत, १८२ दिनको १० अर्ब रुपैयाँको ट्रेजरीमा ८ दशमलव १ प्रतिशत र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरीमा ८ दशमलव ३३ प्रतिशत ब्याजदर कायम भएको छ ।
गत साता यसको ब्याजदर ९ प्रतिशतभन्दा माथि थियो । चालू आर्थिक वर्ष (आव) को शुरूमा ट्रेजरीको ब्याजदर १३ प्रतिशतसम्म पुगेको थियो। निक्षेप वृद्धि भएपछि बैंकमा तरलता सहज हुँदा ट्रेजरीको ब्याजदर घटेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend