Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • झापामा गर्मीका कारण १ जनाको मृत्यु


    आइतबार, जेष्ठ २१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दमक। केहि दिनयता अत्याधिक गर्मी बढेपछि झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतिराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताईएको छ ।

    आज दिउँसो राईलाई स्थानीय मकैबारीमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले बताए । उनी मजदुरी गरेर जिविको पार्जन गर्दै आएका थिए ।

    अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको भन्ने बुझिएको छ, वडाध्यक्ष दाहालले भने । खाना खाएर राई घरबाट निस्केको पनि बताईएको छ ।

    इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार घाँस काट्न जाँदा बारीमा मृत अवस्थामा बृद्धलाई स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । यस घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार