Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मलेसियालाई हराउँदै महिला टी-२० शृखंला नेपालले जित्यो


    आइतबार, जेष्ठ २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपालले मलेसियाविरुद्धको महिला टी- २० शृखंला हात परेको छ।

    मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

    नेपालको जितमा अन्तिममा ब्याटिङमा आएकी अप्सरी बेगमले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ५ खेलको शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

    नेपालको जितमा निर्णायक बनेकी बेगमले १२ बलमा २ चौकाको मद्दतले १४ रन बनाइन् । त्यस्तै सीता रानामगरले ३४ रनको योगदान दिइन् ।

    शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो।

    यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्न नेपाल र मलेसिया दुबैलाई उत्तिक्कै महत्वपूर्ण थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार