Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमाथि मलेसियाको सहज जित


    शनिबार, जेष्ठ २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। चौथो महिला टी–२० खेलमा नेपाल घरेलु टोली मलेसियासँग पराजय भएको छ । उक्त ५ खेलको सिरिजमा २–१ ले अगाडि रहेको नेपाललाई मलेसियाले अन्तिम बलमा हराएको हो ।

    नेपाल पराजित भएसँगै सिरिजमा २–२ को बराबरी भएको छ ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको लक्ष्य दिएको थियो । इन्दु बर्माले नेपालका लागि सर्वाधिक ३२ रन जोडेकी थिइन् ।

    नेपाल १०.४ ओभरमा ३३ रन जोड्दा ५ विकेटको अवस्थाबाट ९६ रनसम्म पुगेको थियो ।

    प्रतिस्पर्धात्मक लक्ष्यलाई मलेसिया २० ओभरमा ओभरमा पूरा गर्दै ४ विकेटका जीत निकालेको हो ।

    सिरिजमा बराबरी भएसँगै अन्तिम खेल दुवै टिमका लागि थप रोचक हुने भएको छ ।

    अन्तिम ओभरमा चार रन चाहिँदा नेपालले दुई बल वाइड फाल्दा पनि खेल अन्तिम बलसम्म पुगेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार