Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सहकारीबाट साढे ६ लाख चोरी


    शुक्रबार, जेष्ठ १९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापामा सहकारीबाट साढे ६ लाख चोरी भएको छ । दमक नगरपालिका-४ कृष्ण मन्दिरस्थित परामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ६४ हजार ३ सय रुपैयाँ गए राति चोरी भएको हो।

    उक्त संस्थाको गेटको ताल्चा फुटाई प्रवेश गरेर लकरमा रहेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको थियो ।

    सो प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार