Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण सफल : प्रधानमन्त्री प्रचण्ड


    शुक्रबार, जेष्ठ १९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाल(भारत सम्बन्धका दृष्टिले भारत भ्रमण सफल भएको बताएका छन् । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको बताएका हुन् ।

    ‘प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु,’ उनले ट्वीटरमा लेखेका छन् ।

    उनले न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि भारतीय समकक्षी मोदी र भारत सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार