काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेस पार्टी बीपीको पदचिन्हभन्दा पृथक हिँड्न थालेको बताएका छन् । १ सय ७ औं बीपी जयन्तीमा पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा कोइरालाले भने, ‘हामी बीपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौं । बीपीको समाजवाद भन्छौं तर समाजवादी हुन सकेका छैनौं ।’
बीपी पुत्र शशांकलाले भने, ‘हामी समाजवाद भन्छौं तर स्वास्थ्य र शिक्षा अहिले पनि निशुल्क छैन । समाजवाद उन्मुख संविधानमा भनेका छौं तर हामी त्यतातिर उन्मुख छैनौं ।’ उनले बीपीले भनेको समाजवादमा अहिले केही परिवर्तन आए पनि बीपी विचार सान्दर्भिक रहेको बताए ।
उनले बीपीको शब्दकोषमा समावेशी शब्द नभए पनि व्यवहारमा भएको बताए । ‘समावेशी शब्द उहाँको डिक्सनरीमा थिएन तर उहाँको मन्त्रिमण्डल समावेशी थियो । महिला र जातजातिलाई समावेश गर्नु भएको थियो । त्यतिबेला अहिलेको जस्तो बाध्यकारी अवस्था थिएन तर उहाँ त्यसमा सचेत हुनुहुन्थ्यो ।’
कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा बसेका कोइरालाले गोष्ठीमा पार्टीमा विद्यमान गुट १४ महाधिवेशनपछि समाप्त हुनुपर्ने पनि बताए । ‘अधिवेशनसम्म गुट हुन्छन्, अधिवेशनपछि हामी एक ढिक्का हुनुपर्छ,’ कोइरालाले भने ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend