Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • स्थायी समितिमा पेश गरिने प्रस्ताव तयार


    बुधबार, भाद्र २४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तयार पारेका छन् ।

    अध्यक्षद्वयले आज (बुधबार) बैठक बसेर २६ गते बस्ने बैठकको कार्यसूची, प्रस्ताव तयार पारेका हुन् । दुई अध्यक्षबीच आज ११:३० देखि छलफल सुरु भएको हो । 

    अध्यक्षद्वयले प्रस्ताव तयार पारेकाले सबै स्थायी समिति सदस्यलाई कार्यसूची पठाइएको छ ।

    यसैबीच नेकपाले सचिवालय बैठक नबोलाउने भएको छ । अब अध्यक्षले तयार पारेको प्रस्ताव स्थायी समितिमा पेश गर्ने कार्यसूची रहेको स्रोतले जानकारी दियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार