Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले भने- भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पायौं


    बिहिबार, जेष्ठ १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चारदिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरेका छन् ।

    आज भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताएका हुन् ।

    उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको बताए । तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा अगाडिका काम बढ्ने सहमति भएको प्रचण्डले उल्लेख गरेका छन् ।

    भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार