काठमाडौँ। मलेसियाविरुद्धको महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आफ्नो जित निकालेको छ। उक्त खेलमा नेपाल २७ रनले विजयी भएको हो । यो जितपछि पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।
नेपालले दोस्रो खेल ७ विकेटले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले पराजित भयो । श्रृंखलामा विजयी सुरुवात गरे पनि मलेसियाले लगातार दुई खेलमा हार बेहोर्यो ।
तेस्रो खेलमा नेपालले दिएको १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित अविजित ४४ रन बनाइन् ।
यस्तै, विनीफ्रेड आनी दुराईसिंघमले २० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले १/१ विकेट लिए ।
नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।
कविता कुँवर दुई रनमा आउट भइन् । विन्दु रावल तीन र कविता जोशी एक रनमा अविजित रहे । मलेसियाका लागि निक नूर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले १/१ विकेट लिए ।
नेपाल र मलेसियाबीचको चौथो टी–२० शनिबार हुनेछ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend