Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • स्थायी समिति बैठकको अन्तिम तयारीमा नेकपाका दुई अध्यक्ष


    बुधबार, भाद्र २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्। 

    २६ भदौमा बोलाइएको स्थायी कमिटी बैठकको अजेण्डाबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ११ः३० बजेदेखि दुई अध्यक्ष बीच छलफल भैरहेको छ।

    लामो समयदेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक शुक्रबार बस्दैछ । बैठकले नेकपाको विवाद समाधानका लागि निर्णय गर्नेगरी बैठक बस्न लागेको हो । 

    यसअघि स्थायी समिति बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नै विवाद सुरु भएको थियो । अहिले सोही बैठकमार्फत विवाद समाधानको दिशामा गएको छ । तर यो बीचमा भने नेकपा फुटको संघारमै पुगिसकेको थियो । 

    नेकपाका दुई अध्यक्ष ‌ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा कार्यदल गठन गरेपछि भने विवाद समाधान उन्मुख भएको थियो । कार्यदलले बुझाएको सुझावसहितको प्रतिवेदनलाई नेकपा सचिवालयले पारित गरिसकेको छ । 

    सोही प्रतिवेदन स्थायी समितिमा समेत पेश गर्ने तयारी भैरेहेको छ । यसका लागि प्रम ओली र प्रचण्ड गृहकार्यमा लागि‍सकेका छन् । गत साउन १३ देखि रोकिएको स्थायी समिति बैठक भदौै २६ गते पुनः बस्ने तय भैसकेको छ । सोही बैठकको तयारीका लागि सोमबार दुई अध्यक्षबीच बालुवाटारमा गोप्य छलफल भएको थियो । करिब दुई घण्टा चलेको सो छलफललाई स्थायी समिति बैठकको तयारीको रुपमा बुझिएको छ । 

    स्रोतका अनुसार दुई अध्यक्षले स्थायी समितिमा संयुक्त प्रतिवेदन बुझाउने तयारी गरेका छन् । प्रतिवेदन बनाउने विषयमा दुई अध्यक्षको कुरा मिलिसकेको समेत स्रोतको दावी छ । 

    अहिले भने प्रचण्ड प्रतिवेदन लेखनमा व्यस्त भएको बताइएको छ । सो प्रतिवेदनमा पार्टीका अन्य विषयको बारेमा उल्लेख हुने तर प्रमको राजीनामा लगायतको विषयको भने उल्लेख नै नहुने बताइएको छ । यस्तैगरी स्थायी समितिमा समेत प्रमको राजीनामा बाहेकका विषयमा मात्र छलफल भइ छिटो टुंग्याउने विषयमा पनि दुई अध्यक्षको सहमति भैसकेको बताइन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार