Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ट्रोल पछि केपी ओलीले दिए कडा जवाफः बोक्न नसक्ने गरी सुन लगाइदिए,यत्रो सुन त म बोक्न पनि सक्दिनँ


    बुधबार, जेष्ठ १७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा आफूमा सुनप्रति कहिल्यै मोह नभएको भन्दै कडा जवाफ फर्काएका छन्।

    ‘सानो हुँदा आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन’, उनले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’

    नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले संसद् बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जलहरी हालिएको बताएका थिए।

    सो विषयमा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्वीरमा सुनैसुन ढाकिएको फोटो बनाएर निकै भाइरल गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार