काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर गम्भीर प्रश्न खडा गरेका छन्। प्रधानमन्त्रीको भोलि १७ गतेदेखि ४ दिने भारत भ्रमण हुँदैछ।
सो क्रममा ओलीले प्रचण्डले भारतले हालै संसद्मा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गरेर हटाउन लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले त्यति काम गर्न नसके भारत भ्रमणमा नगए हुने समेत बताए । हालै भारतको नयाँ संसद् भवनमा राखिएको मुरल (भित्ते चित्र) मा नेपाली भूमि लुम्विनी, कपिलवस्तु र विराटनगर रहेको सार्वजनिक भएको छ ।
‘नेपालको भूमि अहिले आइरहेका छ नि ! लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसद्मा राख्यो भनेर’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले सुनेको छु, हो होइन, अब हटायो भने, गल्ती महसुस गर्यो भने त्यो आफ्नो ठाउँमा छ ।’
अध्यक्ष ओलीले नमुना लोकतन्त्रको कुरा गर्ने भारतीयहरूले छिमेकी देशसँग गर्ने व्यवहार नगरेको पनि बताए । ‘नेपाली भूमि अतिक्रमण गरेर, नेपालको भूमि संसद्भित्र हालेर भारतजस्तो पुरानो र नमुना लोकतन्त्र भएको भनिएको देशले यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन’, ओलीले भने, ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो गल्ती सच्चाउनुस्, नक्सा हटाउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend