काठमाडौं । सरकारले अब विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा २५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । सोमबार आर्थिक वर्ष २०८०/८१ का बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो व्यवस्था गरिएको बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले परिवर्तन गरेको व्यवस्था अनुसार साउन १ गतेदेखि विदेशबाट फर्किदा २५० ग्रामसम्म सुनका गहना ल्याउन पाइने भएको हो ।
योसँगै अब विदेशबाट फर्किने पुरुषले २५ ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् भने महिलाले ५० ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् । तर, महिलाले ५० ग्रामभन्दा बढी अर्थात थप १५० ग्रामसम्म सुनका गहना ल्याउनु परे त्यसको कर तिर्नुपर्नेछ भने पुरुषले २५ ग्राम कर छुटमा र थप १७५ ग्राम सुन कर तिरेर ल्याउन पाउनेछन् ।
एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दरअनुसार महसुल लाग्ने र त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ । तर, सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रुपमा मान्यता नदिइने आर्थिक ऐनमा उल्लेख छ ।
युवाले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्यांकन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्यसूची लिई भन्सार कार्यालयहरुमा उपलब्ध गराउने ऐनमा उल्लेख छ ।
यसअघि ५० ग्रामसम्म निःशुल्क र थप ५० ग्राममा प्रति दशग्राम ५ हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । त्यस्तै, काँचो सुन ल्याउँदा लाग्ने भन्सार शुल्क पनि बढेको छ। यसअघि ५० ग्रामसम्म काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ५ हजार २ सय रूपैयाँ शुल्क लिइँदै आएकोमा अब ६ हजार २ पुग्ने भएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend