Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुजरातलाई हराउँदै चेन्नई बन्यो आईपीएल च्याम्पियन


    मंगलबार, जेष्ठ १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको विजेता बनेको छ। चेन्नईले सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्‍यो।

    पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले ९६, रिद्धिमान शाहाले ५४, सुबमन गिलले ३९, हार्दिक पान्ड्याले २१ रन बनाए।

    वर्षाले प्रभावित खेलमा चेन्नईले १५ ओभरमा एक सय ७१ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। चेन्नईका डेभोन कन्वेले ४७, शिभम दुवेले ३२, अजिन्क्या राहानेले २७ र रुतुराज गाइक्वाडले २६ रन बनाए। रविन्द्र जडेजाले १५ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी गोल्डेन डकआउट भए।

    चेन्नईलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो भने अन्तिम दुई बलमा १० रन आवश्यक थियो। जडेजाले अन्तिम दुई बलमा छक्का र चौका प्रहार गर्दै साविक विजेता गुजरातलाई निराश बनाए। चेन्नईले आईपीएल सर्वाधिक ५ पटक जित्ने मुम्बई इन्डियन्सको कीर्तिमान बराबरी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार