काठमाडौं। चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको विजेता बनेको छ। चेन्नईले सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्यो।
पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले ९६, रिद्धिमान शाहाले ५४, सुबमन गिलले ३९, हार्दिक पान्ड्याले २१ रन बनाए।
वर्षाले प्रभावित खेलमा चेन्नईले १५ ओभरमा एक सय ७१ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। चेन्नईका डेभोन कन्वेले ४७, शिभम दुवेले ३२, अजिन्क्या राहानेले २७ र रुतुराज गाइक्वाडले २६ रन बनाए। रविन्द्र जडेजाले १५ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी गोल्डेन डकआउट भए।
चेन्नईलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो भने अन्तिम दुई बलमा १० रन आवश्यक थियो। जडेजाले अन्तिम दुई बलमा छक्का र चौका प्रहार गर्दै साविक विजेता गुजरातलाई निराश बनाए। चेन्नईले आईपीएल सर्वाधिक ५ पटक जित्ने मुम्बई इन्डियन्सको कीर्तिमान बराबरी गरेको छ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend