काठमाडौं। केलिएन एमबाप्पे लगातार चौथोपटक फ्रेन्च लिग वानमा प्लेयर अफ द सिजन घोषित भएका छन् । एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत हासिल गरेको हो । एमबाप्पेकै उत्कृष्ट प्रदर्शनमा पीएसजीले योपटक कीर्तिमानी ११औँपल्ट लिग उपाधि जितेको थियो ।
फ्रान्सका एमबाप्पे ज्लाटन इब्राहिमोभिकको कीर्तिमान तोड्दै चारपटक अवार्ड जित्ने खेलाडी बनेका छन् । लगातार चारपटक सिजनको उत्कृष्ट खेलाडी घोषित हुने एमबाप्पे फ्रान्सका एक्लो फरवार्ड हुन् ।
“टिमका सहयात्री, क्लबका कर्मचारी, पर्दा पछाडि बसेर काम गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’’ २४ वर्षीय एमबाप्पेले भने, “म सधैँ आफ्नो प्रभाव छोड्न चाहन्छु । मैले यति चाँडो यस्तो सफलता हासिल गर्ने आस गरेको थिइनँ । तर, म आफ्नो देशमा इतिहास रच्न पाउँदा खुसी छु ।’’
पीएसजीले शनिबार स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै एक खेल बाँकी हुँदै उपाधि जितेको हो ।
लेन्सलाई दोस्रो स्थानमा पुर्याएपछि फ्रान्क हाइसेलाई सिजनको उत्कृष्ट प्रशिक्षक घोषित गरियो । लेन्सले २१ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग खेल्नेछ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend