काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ४८ वर्षदेखि समस्याग्रस्त जडिबुटी-कोटेश्वर-तीनकुने सडक निर्माणको समस्या सुल्झाउन पहल थालेका छन् ।
जडिबुटी-कोटेश्वर-तीनकुने सडक खण्डमा दैनिक लाखौं नागरिक आवजजावत गर्छन् । बिहान र साँझ अत्यधिक जाम हुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । नागरिकले सास्ती पाउनुको प्रमुख कारण हो ‘मुआब्जा समस्या’ ।
२०३२ सालमा सडक विस्तारका लागि मुआब्जा वितरण गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सरकारले निर्णय गरेको मुआब्जामा जग्गाधनीले चित्त नबुझाएपछि सडक विस्तार हुन सकेको थिएन ।
करिब पाँच दशक लामो समस्या सुझाउन मन्त्री ज्वालाले आइतबार पहल थालेका छन् । सडक विस्तार र मुआब्जासँग सम्बन्धित सरोकारवालाहरुसँग सिंहदरवारमा छलफलमा उनले उक्त समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि उच्च चासो देखाएको जानकारी दिए ।
‘‘कुनै पनि देशको अवस्था कस्तो भन्ने थाहा पाउन त्यो देशको सडक र यातायातलाई प्रमुख आधार बनाइन्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै गर्दा जामको ताँतीले हाम्रो सडक र यातायातको चित्र देखाउँछ’, मन्त्री ज्वालाले भने, ‘अब रमिते भएर दैनिक लाखौं नागरिकको समस्या हेरिरहन सक्दैनौं ।’
जडिबुटी-कोटेश्वर-तीनकुने सडक खण्डको समस्या समाधान गर्न मन्त्री ज्वालाले सम्पर्क व्यक्तिसमेत तोकेका छन् । सरोकारवाला निकायसँग समन्वय गर्न र आवश्यक पहल गर्न उनले सडक विभागका उपमहानिर्देशक विजय जैसीलाई समन्वय व्यक्ति तोकेका छन् ।
छलफलमा मन्त्री ज्वालासँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव नरेन्द्र पौडेल, मन्त्रालयका सहसचिव रघुराम बिष्ट, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, काठमाडौं महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष नवराज पराजुलीको उपस्थिति थियो ।
त्यस्तै विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसी, सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक रामहरि पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव जनकराज शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र दातृनिकाय जाइकाका प्रतिनिधि श्रीराम ढकाल पनि सहभागी थिए ।
छलफलमा सोही क्षेत्रका वडा अध्यक्ष नवराज पराजुलीले ४८ वर्ष लामो समस्या समाधानका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend