Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेताहरू भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको भन्दै धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ


    आइतबार, जेष्ठ १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं।आज सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन्। गिरफ्तार अधिकारकर्मीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

    लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारमा आयोजना गरेको धर्नाबाट १७ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    शीर्ष नेताहरू भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शिता र जबाफदेहीता सुनिश्चित गर्नुपर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।

    प्रदर्शन प्रारम्भ हुनासाथ समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरू अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रिता अधिकारीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार