Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बायर्नले जित्यो लगातार ११औँ पटक बुन्डेस लिगा उपाधि


    आइतबार, जेष्ठ १४ २०८०
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । लिगको अन्तिम खेलमा कोल्नमाथि २-१ को रोमाञ्चक जित निकाल्दै बायर्न म्युनिख लगातार ११औँ पटक जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ ।

    जितसँगै बायर्नले ३४ खेलमा ७१ अंक जोड्यो । दोस्रो स्थानको बोरुसिया डर्टमणन्डसँग समान अंक भए पनि गोल अन्तरमा अघि रहँदै बार्यन च्याम्पियन बनेको हो । शनिवार भएको अन्तिम खेलमा डर्टमण्ड माइन्जसँग २-२ को बराबरीमा रोकिएको थियो । यदी माइन्जलाई पराजित गरेको भए डर्टमण्डले उपाधि जित्ने पक्का थियो ।

    बायर्न २०१२र१३ को सिजन यता लगातार च्याम्पियन हुँदै आएको छ । समग्रमा बायर्नको यो ३३ औँ बुन्डेसलिगा उपाधि हो । कोल्नको घरेलु मैदान रायन इर्निज स्टेडियोनमा बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान र जमल मुसियालाले समान एक गोल गरे । कोल्नका लागि डेजानले एक गाृेल फर्काए ।

    खेलको आठौं मिनेटमा कोम्यानको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ८१औँ मिनेटमा डेजानले कोल्नलाई बराबरीमा ल्याए । ८९ औँ मिनेटमा मुसियालाले गोल गर्दै बय्रणलाई २-१ को रोमाञ्चक जित दिलाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार