काठमाडौं । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।
नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट (हवाई इन्धन भर्ने) गरी सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति पाएसँगै असार पहिलो सातादेखि उडान नियमित हुने छ ।
उनले भने, “निगमले असार ६ गते पहिलो उडान गर्ने गरी गरेको प्रस्ताव अनुसार बिहीबार र शनिबारका लागि उडान अवतरण गर्ने समय (स्लट) पाएको छ । सोही आधारमा अस्ट्रेलियाको नियमन निकायसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाइसकेका छौँ ।” भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवातर्फ समेत छनोट प्रव्रिmया चलिरहेको बताउँदै उनले दुई साताभित्र सबै प्रक्रिया पूरा गरेर उडान सुरुवात गर्ने तयारीमा रहेको जानकारी दिए ।
उनले उडानका लागि निगमले जिएसए (जनरल सेल्स एजेन्ट) छनोट, सिङ्गापुर र सिड्नीमा इन्धनका लागि कम्पनी छनोट प्रक्रियाको काम गरिरहेको उल्लेख गरे। सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टनेन्स, मर्मत र अपरेसन) छनोट भइसकेको बताउँदै उनले हाललाई वाइडबडी ‘ए’ ३३० विमानबाट उडान हुने जानकारी दिए ।
दुई लाख हाराहारी नेपाली बसोबास गर्दै आएका अस्ट्रेलियामा सिधा उडान नहुँदा लामो ट्रान्जिटमार्फत आहोरदोहोर गर्नुपर्ने बाध्यता छ। सिधा हवाई सेवा सुचारु भएसँगै सिड्नीबाहेकका सहरमा जाने यात्रुलाई यही बाटो प्रयोग गर्न सहज हुने छ।
सिड्नी–काठमाडौँको हवाई दूरी लगभग १० हजार किलोमिटर रहेको छ। सिधा उडान सञ्चालनमा आएसँगै सिड्नी आसपासका क्षेत्र क्यानबेरा, गोलवन, वागावागा, डब्बोलगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend