Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • मकालु बेसक्याम्पमा लेक लागेर एकजनाको ज्यान गयो


    शनिबार, जेष्ठ १३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • किमाथांका। संखुवासभाको मकालु गाउँपालिका–२, मकालु बेसक्याम्पमा लेक लागेर एकजनाको मृत्यु भएको छ ।

    मकालु गाउँपालिका–२, सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए ।

    उनका अनुसार मकालु बेसक्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए ।

    “उहाँ मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए,” वडाध्यक्ष शेर्पाले भने ।

    विष्टको शव मकालु बेसक्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको छ।

    सदरमुकाम खाँदबारी घटनास्थलबाट पाँच दिनको पैदल दूरीमा पर्छ । घ

    टनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार