गोरखा। बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि लेक जानेको लर्काे लागेको छ। तर लेक पूरै हिउँले ढाकेर यार्सागुम्बा टिप्न नपाएपछि दुईसाताअघि लेक पुगेका छेकम्पारका बासिन्दा चिन्तित भएका छन्। यार्सा एक बहुमुल्य जडिबुटि हो
यसवर्ष हिउँ ढिला परेको र आधा जेठ बितिसक्दा पनि हिउँ परिरहेकाले यार्सागुम्बा संकलन गर्न नपाएको लेक पुगेर फर्केका छिरिङ लामाले जानकारी दिए।
‘हिजो पनि आधा फिट हिउँ प¥यो। गाउँलेहरू पालभित्रबाट निस्कन सकेका छैनन्। मचाहिँ घर छोडेको धेरै भयो एकफेर घर हेरेर आउँछु भनेर गाउँमा आएको छु’, छिरिङ भन्छन्, ‘लेक गएको दुई हप्ता भयो, अहिलेसम्म जम्मा ५०–६० वटा जम्मा पारेको छु। कुनै दिनमा आठ दसवटा फेला पर्छ, कुनै दिन रित्तै फर्कनुपर्छ।’ यार्सागुम्बा संकलन गर्ने भूभाग सबैतिर हिउँले ढाकेको उनले बताए।
दुई, अढाइ महिनालाई पुग्ने रासनपानी लिएर गएकाले यार्सागुम्बा टिप्न नपाएपनि गाउँलेहरू उतै पालभित्र बसिरहेका छन्। ‘अब दुईहप्तासम्म हिउँ उठेन र यार्सागुम्बा हिउँभित्रै भइरह्यो भने कुहिनेछ। अनि वर्षदिनमा एकफेर यही यार्सागुम्बा बेचेर पैसाको मुख देख्न पाइन्थ्यो। पैसाको मुख देख्नै नपाइने भयो’, छिरिङ भन्छन्, ‘त्यही भएर गाउँलेहरू चिन्तित छन्।’
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा गाउँको घरमा ताल्चा लगाएर यार्सागुम्बा संकलन गर्न छेके तथा बाजु लेक गएका छन्। तर, सो गाउँपालिकाको वडा नं. १ सामागाउँका बासिन्दा भने अझै पनि यार्सागुम्बा संकलन गर्न गएका छैनन्। सामागाउँमा यार्सागुम्बाको सिजन अझै नआइसकेको स्थानीय मिङ्मा छिरिङको भनाइ छ।
यस भेगको मुख्य आम्दानीको स्रोत नै यार्सागुम्बा हो। यहाँका स्थानीयहरुले यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च टार्ने गर्छन्। त्यसैले सिजन लागेपछि घरमा ढोका थुनेर सबै घरपरिबार यार्सागुम्बा संकलन गर्न लेकतिर जाने गर्छन्।
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend