Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्डले भने- जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प छैन


    शनिबार, जेष्ठ १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (माओवादी)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् ।

    प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।

    आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदानका कारण आज सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेको स्मरण गर्दै उनले सत्ताको नेतृत्व गरेको दिनदेखि आफूविरुद्ध विभिन्न तत्त्वहरूले घेराबन्दी गर्ने काम सुरु गरेको बताए ।

    उनले भने -‘सामाजिक न्याय सुशासन र समृद्धि नै हाम्रो मुख्य लक्ष्य हो । हाम्रा अगाडी चुनौतीपूर्ण अवसर छ । तर जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प हामीसँग छैन । ‘

    उनले भने -‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु । जसरी जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ । हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिउको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार